चर्चामा शितलको ‘चौतारी’

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७६, आईतवार

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । ‘चौतारी’ बोलको गीतले यतिबेलामा चर्चा कमाइरहेको छ ।

गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय समाजमा पारिवारिक कलहले विकृत बन्दै गइरहेका बेला शर्माले चौतारी तीज गीत मार्फत पारिवारिक प्रेमलाई मिठास रुपमा प्रस्तुत गरी समाजलाई सकारात्मक सन्देश दिने चेष्टा गरेकी छन् ।

खुमन अधिकारीको लय बैकुण्ठ महतको शब्द रहेको गीतमा शीतल शर्माले स्वर भरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु