सकारात्मक प्रतिक्रिया कमाउँदै ‘झुम्का झलक्कै’ ट्रेण्डिङमा

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

काठमाडौं । रियालिटी शो लोकस्टारका विजेता सनी विश्वकर्माको ‘झुम्का झलक्कै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका विष्णु माझी र सनी विश्वकर्माको आवाज रहेको रहेको छ ।

गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेको छ । गीत यतिबेला ट्रेण्डिङमा पर्न सफल भएको छ भने प्रतिक्रिया पनि अधिकांश प्रतिक्रिया पनि सकारात्मक मिलेको छ ।
गीतमा लोकप्रिय लोक गीत सर्जक शिव हमालको शब्द तथा संगीत रहेको छ । गीत सफल हुनुमा शिवको उत्कृष्ट शब्द र संगीतले पनि अहम् भूमिका खेलेको पाइन्छ ।

गीतको सम्पादन नविन निरौलाले गरेका छन् भने निर्देशन गम्मीर विष्टको रहेको छ ।गीतको भिडियोमा सागर, रियाशा, चक्र र गीताको अभिनय रहेको छ । गीतको भिडियो हाईलाईटस नेपालको अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु