लोकगीतको प्यास मेट्ने ‘निउरो’

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाली लोकदोहोरीका सुप्रसिद्ध सर्जक शिव हमालको अर्को कालजयी गीत निउरो भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्ला बर्षहरुमा एक पछि अर्को हिट गीत मार्फत आफ्नो परिचयलाई फराकिलो बनाउदै गइरहेका सर्जक हमालको यो सिर्जना समेत निकै उत्कृष्ट रहेको छ ।

गीतमा सिता श्रेष्ठ र विमल परियारको आवाज रहेको छ । सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक लगायत अन्य मिडियामा समेत गीतको चर्चा भइरहेको छ ।
गीतको म्युजिक भिडियोमा विगतमा जस्तै प्रकाश भट्टले यो पटक पनि निकै मेहनत गरेका छन उनको निर्देशकीय कला गीतमा प्रष्टै देख्न सकिन्छ ।

शिव हमालको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नम्रता श्रेष्ठ र सुवास खतिवडाको अभिनय रहेको छ भने आशिष अविरलले गीतको संगीत संयोजन गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु