सकारात्मक प्रतिक्रिया बटुल्दै ‘निलो पाईन्ट सेतो कमिज’

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७७, सोमबार

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका बाल कलाकार प्रिन्स लम्सालको ‘निलो पाईन्ट सेतो कमिज’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कमला घिमिरे र प्रिन्स लम्सालको आवाज रहेको छ ।

शिव हमालको शब्द संगीत रहेको गीतको निर्देशन मौसम हिमालीले गर्नुभएको छ ।

गीतको भिडियोमा रविना बसेल, एभेलिना खड्का र प्रिन्स लम्सालको अभिनय रहेको छ । गीतको छायाँकन अजय रेग्मीले र सम्पादन मनोज कार्कीले गर्नुभएको छ ।

गीतको भिडियो शिव हमालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई दर्शक, श्रोताले उल्लेख्य साथ दिएका छन् । ‘भिडियोमा कमलालाई पनि देख्न पाएको भए सुनमा सुगन्ध हुने’ भन्ने केहि प्रतिक्रया छन् भने अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु