‘भेट हुदाँ’को भिडियोलाई १० लाख माया (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७६, सोमबार

काठमाडौं । गीतकार प्रलाद शाहले आफ्नो गीत रचना मार्फत सोर्ता, दर्शक माझ चर्चा र लोकप्रियता कमाइरहेका छन । केहि दिन अघि मात्र सार्वजनिक भएको भेट ‘भेट हुदाँ’को गीतको रचनाकार र प्रस्तुतकर्ता प्रलाद शाह हुन। डशम्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको ‘भेट हुदाँ’ बोलको म्युजिक भिडियोलाई मात्र ४ दिन मा अहिलेसम्म १० लाख भिउज र १ हजार बढि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यस गीतमा स्वर चर्चित गायक शिव परियारको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

करिव १ वर्ष यता निरन्तर आफ्ना उत्कृस्ट सिर्जनाहरु सोर्ता दर्शक माझ प्रस्तुत गरिरहेका शाहले रचेका मंगली, मेरी आमा, परानै दिन्छु लगायतका गीतहरु सोर्ता माझ लोकप्रिय बनिसकेका छन। भिडियोको भिउजका हिसाबले पनि उनका प्राय सबै गीत मिलियन कल्वमा प्रवेश गरेका छन । उक्त गीतको भिडियोमा कार्टुन क्रुज समुहका मुख्य कलाकार सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय देख्न सकिन्छ । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश ज्ञवालीले भिडियोलाई सम्पादन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु