डा चन्द्र गिरी र शिव परियारको ‘नाचें फिरिरी’मा ट्वीन्स् र बले

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७७, आईतवार

डा. चन्द्र। गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत नाचें फिरिरी को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए ।

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाङ्कन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्स प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ ले प्रमुख मोडलको रुपमा नृत्य र अभिनय गरेका छन् । नेपाल चलचित्र विकाश कम्पर्नी FD बालाजूमा भब्य सेट लगाएर केहीदिन अघिमात्र भिडियोको छायाङ्कन गरिएको थियो । भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए ।
क्या दामी भो र पिलायो साथीले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब नाचें फिरिरी ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु