शिव परियारको ‘तिमी ओके’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

शुक्रबार साउन्ड मिलको अफिसियल युट्युब मार्फत गायक शिव परियार र गायिका बुनु श्रेष्ठको स्वरमा रहेको ‘तिमी ओके’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा कृष्ण भारद्वाजको शब्द,नेत्र काफ्लेको संगीत रहेको छ । भने जीवन बडूले एरेन्ज रहेको छ ।भिडियोमा अन्जली अधिकारी,गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिंग गरिएको छ । गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नबराज उप्रेतीले छायांकन र नबिन निरौलाले सम्पादन गरेका हुन् ।गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो । महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामांगले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु