शिव परियारको स्वरमा जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सीको दामदर भिडियो

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमागीतकार सुदिप कोइरालाको शब्द, रहेको छ भने संगीतकार दिपक सिलवालको संगीत रहेको छ । गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ । उक्त गीतको भिडियोमा अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ ।

डान्सिङ् नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन । समग्रमा ‘सुन्दर नयन’ गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन । उक्त गीतिको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु