सुरमा सुगन्ध समायोजन गर्दै शिब, रोषन र सुनिलले सार्वजनिक गरे ‘धोका पछिको माया’

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । लोकप्रिय गाय शिब परियारको स्वरमा ‘धोका पछिको माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो पुस्ताका प्रतिभाशाली संगीतकार रोषन सिंहले संगीत भरेका छन् । सुनिल बिसीको मार्मिक शब्द रचना रहेको गीतलाई बिशाल निरौलाले म्यूजिक एरेन्ज गरेका हुन् । त्यस्तै मिक्सीङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् ।

गीतको शब्द, स्वर र संगीत सबै पक्ष उत्कृष्ट बनेको छ । सबैको कामले गीतको सुरमा सुगन्ध थपेको महशुष हुन्छ ।
गीतको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी र नम्रता पौडेलको जीवन्त अभिनय रहेको छ । संगम मल्ल ठकुरी, अंकित बिसी, शिशिर गीरी, कृष्ण मगरलाई पनि भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । धोका पछिको भेटमा मायालुले पुनः माया देखाउँदाको अवस्थालाई गीतमा जीवन्त उतारिएको छ । स्वार्थमा धोका दिएकी प्रेमीका र चोखो माया गर्ने प्रेमीको भेटपछिका मनोभावलाई भिडियोमा समेटिएको छ । गीतको भिडियो प्रकाश थापाले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु