• सविता र विमलको मौलिक दशैं गीत ‘गाँवै रमाइलो देशै रमाइलो’

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०७७, आईतवार

    काठमाडौं । नेपाली लोकदोहोरीका चर्चित हस्ती शिब हमालको शब्द र लयमा नयाँ दशैं गीत सार्वजनिक भएको छ । सुमधुर स्वरका धनि गायक विमल परियार र यस क्षेत्रमा राम्रो संभावना बोकेकी गायिका सविता परियारको स्वरमा ‘गाँवै रमाइलो देशै रमाइलो’ सार्वजनिक भएको छ ।

    गीतमा सुनील परियारको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा भिडियोमा सर्जक शिव हमाल, कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् ।

    उक्त भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन गरेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
    उक्त गीतको भिडियोलाई सर्जक शिव हमालकै अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु