शिव हमालको लय शब्दमा कलाले ल्याइन् मौलिक तिज गीत ‘पातली’

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७६, बुधबार

काठमाडौं– महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा गायिका कला लम्सालले ‘पातली’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् । शिव हमालको शब्द संगीत रहेको गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् ।

गीतको आकर्षक भिडियो समेत तयार गरिएको छ । भिडियोमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । उनीहरुलाई तीज गीतको नृत्यमा थुप्रै कोरसले साथ दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा चर्चित मोडल करिश्मा ढकाल र कला लम्साल लगाएतको छ । सुमधुर स्वरकी धनी लम्सालको स्वरमा सजिएको गीतले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु