रास्ट्रिय भावनाले ओतप्रोत गीत ‘आफ्नो जमिन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७७, शनिबार

काठमाडौं । अमेरिकामा रहेर साहित्य लेखनमा क्रियाशिल रहँदै आएका कवि तथा गीतकार शिव पलाँसको राष्ट्रिय भावको नयाँ गीत आफ्नो जमिन को भिडियो सार्वजनिक भएको छ । छिमेकीले धेरैबर्ष अघिदेखि नेपालको सिमा अतिक्रमण गर्दै आईरहेको र यो बिषय अहिले झन् बल्झिरहेको अवस्थामा समयले मागेको प्रतिबाद भएर यो गीत निस्किएको छ ।

आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो,
सिमानामा देशको झण्डा गाढ्ने बेला भयो

स्थायी रहेको यो गीतमा रमेश कडरियाको सङ्गीत र स्वर रहेको छ । सङ्गीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् । रमेश कडरियालाई नवगायिका अनिता घिमिरेले साथ दिएकी छिन् । Kadariya Entertainment नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन भने भुवन लामाले गरेका हुन् ।
गीतकार शिव पलाँसले यसअघि माया गर्नुको अर्थ, गन्दै जाँदा पिरतीमा, बेहोशीमै छोडी गयौ, आगो भन्ने जान्दा जान्दै लगायत करिब चार दर्जन गीत रेकर्ड गराईसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु