शिव, सरोज र आश्मा एकसाथ किन भए ‘ह्याप्पी ह्याप्पी’ ? भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७६, बुधबार

काठमाडौं । लोकप्रिय गायक शिव परियार सहित कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मा ‘ह्याप्पी ह्याप्पी’ मुडमा भेटिएका छन् । गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीतको प्रसंग हो। गीतमा हरि लम्सालको संगीत तथा शिव परियारको स्वर सुन्न सकिन्छ । भिडियोमा ‘कार्टुन क्रुज’का सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । टेकेन्द्र शाहको निर्देशनमा तयार भएको भिडियोमा राम केसीको छायांकन, राजिव समरको कोरियोग्राफी छ । भिडियोको सम्पादन पनि निर्देशक शाहले नै गरेका हुन् ।

गायक परियारले गीतमा निकै मिहिनेत गरेको बोल्दै गीतको सफलता प्रति आशा व्यक्त गरे । त्यस्तै सरोज र आश्माले पनि पहिलो पटक गायक शिव परियारको गीतमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

शिव परियार अर्थात् नेपाली संगीतको चम्किलो हिरा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु