गीतमा बैदेशिक रोजगारीको कहरको चित्रण

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७९, शनिबार

काठमाडौं । बरिष्ठ गीतकार डा. कृष्णहरी बरालको शब्द रचनामा ‘कोदो फल्दैन’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । फूलबारी नेपाल युट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा लोकप्रिय गायक आनन्द कार्की र गायिका शोभा पाण्डेको स्वर सुन्न सकिन्छ भने संगीत एनबि जनकपुरीको रहेको छ । बिष्णु अधिकारीको संगीत संयोजन रहेको गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतका रेकर्डिस्ट बिप्लब अधिकारी हुन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा बेरोजगारी समस्याका कारण बैदेशिक रोजगारीमा जान युवाहरु जोखिमयुक्त काम गर्नुपर्दाका झेल्नुपर्ने समस्या र स्वदेशको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा पशुपति शर्मा, निक्स शर्मा दिपक खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियोलाई नवराज उप्रतीले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु