ल्याईन शोभा केसीले महिला हिंसा विरुद्धको तीज गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यही बेला गायीकाशोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई’ सार्वजनिक भएको छ । उक्त गीतमा दुर्गा साउदको शब्द,सङ्गीत, रहेको छ । गीतको भिडियो बरिष्ठ हास्य कलाकार उत्तम केसीले निर्देशन गरेका हुन् भने राजेशकुमार श्रेष्ठको एरेञ्ज गरेका हुन् ।

उक्त गीतको भिडियोमा शुभेक्षा थापा, लय संग्रौला, सुवाष गजुरेल, उत्तम केसी नेपाल, गीता नेपाल, मुकुन्द मैनाली, इन्दिरा दाहाल, लक्ष्मीनाथ तिमल्सिना, गायत्री पाण्डे, सत्यदेवी थापा, राजु आचार्य, मनीकुमार राई तृष्णा खड्का, गीता बर्मा, मिना सुवेदी, ध्रुवबहादुर थापा, सुस्मिता थापा, चक्रध्वज लगायतका कलाकारको अभिनय रहेको छ । केशव अधिकारी खत्रीले छायाँकन गरेको गीतको भिडियोलाई नारायण रिजालले कोरियोग्राफी गरेका हुन् । भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोलाई चुईचुई पारेर अनलाइन टिभीबाट बजारमा सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु