• श्रीकृष्णको माया चुइगम चपाउँदै छुट्यो (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार

    १८ साउन, काठमाडौ । पछिल्लो समय चल्तीका संगीतकारका रुपमा देखिएका श्रीकृष्ण बममल्ललाई यतिखेर आपत आइपरेको छ । सुरुमा पिजा खाँदा सुरु भएको यिनको प्रेमप्रसंग चुइगम चपाउँदै छुटेको हल्ला बजारभरि भएको छ । श्रीकृष्णको माया छुटेको चर्चा अहिले समाजिक सञ्जालमा छरपस्ट भएको छ ।

    पछिल्लो समय चर्चित स्रष्टाहरुको गीत, संगितमात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक श्रीकृष्ण बम मल्लले गाएको ‘सान्नानीले……’ बोलको चर्चित गीत हालै दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ । यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन ।

    यो गीतमा शब्द, संगीत गायक स्वयंमको रहेको छ । ज्ञानेन्द्र शर्माको छायाँङ्न, भुवन स्याङ्बो तामाङको निर्देशन रहेको गीतमा नयन डि.सि., एलिशा शर्मा, राजकुमार महर्जन, ग्रोभी ब्वाईज आदिको अभिनय रहेको छ । म्युजिक भिडियोको बजार ब्यवस्थापन व्हाईट पिगन मिडियाले सम्हालेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु