श्रेया दुलालको निर्देशनमा “जुनी जुनी” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

काठमाडौँ – नायिका श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको “जुनी जुनी” गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी नायिका हुन श्रेया ।

माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ । मिलन शंकरको छायाँकन , अर्जुन पोखरेलको सम्पादन भिडियोमा छ । गीतको भिडियोमा सरिष्मा मगर , दिपक घिमिरे , सुष्मा धमलाको फिचरिङ रहेको छ ।

”जुनी जुनी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु