ऋृङ्खलाले ‘मिस वर्ल्ड-२०१८’ जित्ने सम्भावना ! उनलाई यसरी भोट गरेर  जिताउन सकिन्छ !

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७५, बुधबार

काठमाडौँ । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड-२०१८’ प्रतियोगिताका लागि चीनको सान्यामा छिन । विश्वभरबाट आएका १२० सुन्दरीहरुसंग नेपाली चेली खतिवडाले प्रतिस्पर्धा गर्दै छिन ।

छनौट क्रममा शृंखला खतिवडा सबै भन्दा १० बलियो प्रतिष्पर्धीमा छनौट भएकी छिन । मकवानपुरकी चेली श्रृंखला खतिवडाले ‘मिस वर्ल्ड-२०१८’ टाइटल जित्ने सम्भावना अझ बलियो भएर गएको छ ।

२२ वर्षीय शृंखलाले पुल्चोक इन्जीनियरीङ कलेजबाट इन्जीनियरिङमा कलेज टप गरेकी थिइन । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् । त्यसैले उनलाई ‘मिस वर्ल्ड-२०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर मिल्यो ।

चीनमा उनले अरु देशबाट आएका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न लगाउने, नेपाली गीत गाउन सिकाउने जस्ता रमाइला कार्य गरेर सामाजिक संजालमा भिडियो सेयर गरिरहेकी छिन् । आफ्नो देश नेपाललाई चिनाउने खालका विभिन्न प्रस्तुतिहरु समेत दिइरहेकी उनले अन्तर्राष्ट्रिय रुपमा समर्थन पाइरहेकी छिन् ्र यसरी सबैको आँखामा परेकी शृंखलाले मिस वर्ल्ड जितेर नेपाललाई विश्वसामू चिनाउने विश्वास गरिएको छ ।

उनलाई भोट गरेर  जिताउन सकिन्छ । भोट गर्नका लागि पहिले मोबस्टार नामको एप एन्ड्रोइडको लागि गुगल स्टोर र आइओएसको लागि एप स्टोरमा सर्च गरेर डाउनलोड गर्नुपर्ने हुन्छ .  त्यसपछि एपमा गएर कुनै पनि सामाजिक संजालबाट लग इन गर्नुपर्छ र अंग्रेजीमा शृंखला खतिवडा भनेर सर्च गर्नुपर्छ । अनि फलो बटनमा थिचेर उनलाई फलो गर्नुपर्छ । त्यसपछि देब्रेबाट दाहिनेतिर स्वाईप गर्नुपर्छ जुन गरेपछि भोट मानिन्छ । त्यहाँ सभ्यखालको कमेन्ट पनि गर्नुहोला किनभने कमेन्ट पनि गणना हुन्छ । धेरैभन्दा धेरैले उनलाई भोट गर्नुभयो भने पक्कै पनि उनले मिस वर्ल्डको ताज लगाएर नेपाल फर्किनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु