सृष्टिको अभिनयमा “बारीको फूल” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालीका तीज आउदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यही अवसरमा स्वरुप रसाईली र पवित्रा रसाईलीको “बारीको फूल” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा बि,बि, अनुरागीको शब्द , संगीत तथा एरेंज रहेको छ । तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतमा सुख दुखको भाव समावेश गरिएको छ र आफ्नो मन रमाईलो भएको कुरा गरिएको छ ।

उक्त गीतको भिडियोलाई देवेन्द्र ब्बलुको निर्देशन गरेका हुन र भिडियोमा सृष्टि खड्का , उत्सव , समिक्क्षा र देवेन्द्रको अभिनय रहेको छ । भिडियोमा दिदी बहिनी मिलेर रमाईलो गरिएको र निकै राम्रो नृत्य देख्न सकिन्छ । उक्त गीतको भिडियोलाई राहुल राईले छायाँकन तथा कोरियोगफी गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोलाई ओपल इन्टरटेन्मेन्टको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु