सृष्टि र स्वरुपा भन्छन् – सुनैको शिरफुल किन्न सकिनँ, बारीको फूल टिपी लाएँ बरिलै

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

सुनैको शिरफुल किन्न सकिनँ, बारीको फूल टिपी लाएँ बरिलै
घर धन्दा नसकि हिंड्न सकिनँ, छिट्छिटो गरेर आएँ बरिलै ।।
माथीका हरफहरु गायिका स्वरुपा रसाइलीको कर्णप्रिय स्वरमा सजिएको तीज गीतको हो । ‘बारीको फूल’ बोलको गीत सार्वजनिक भएसँगै गीतको सम्पूर्ण पक्ष उत्कृष्ट भएको भन्दै बधाईको ओइरो लागेको छ । मिठो, सरल, मन छुने शैलीमा बनाइएको गीतले वास्तवमै गाउँरघरको झल्को दिएको छ । मौलिकता सङ्गै धेरै कुराको मिश्रण छ ।
सुरिलो स्वरकी धनि गायिका स्वरुपा रसाइलीको स्वरले सजिएको यस गीतमा बिबि अनुरागीको शव्द संगीत र संगीत संयोजन रहेको छ । गीतमा स्वर गायिका स्वरुपा रसाइलीको साथै उनकी आमा पवित्रा रसाइलीको समेत स्वर रहेको छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको भएको यस गीतको अडियो सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।
यूवा निर्देशक देवेन्द्र बब्लुको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोमा सृष्टि खड्का, उत्साह, समिक्षा, देवेन्द्र र कृष्ण वि.क. को अभिनय रहेको छ भने भिडियोमा बाल कलाकार शिक्षा रसाइली र सर्जक रसाइलीको पनि अभिनय रहेको छ । म्यूजिक भिडियोको छायाँकन राहुल राइले गरेका हुन् भने सम्पादन प्रविण भट्टले गरेका हुन् । शव्द, संगीत र भिडियोले मौलिकता बोलेको गीत भनेर अधिकांश कमेन्टमा श्रोता दर्शकले आफ्नो प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु