‘सानो मन’ लाई प्रतिक्रिया, शनिबार दर्शक

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७६, आईतवार

काठमाण्डौ। शुक्रबार रिलीज भएको चलचित्र ‘सानो मन’ले उत्साहित प्रतिक्रिया पाएको छ । बिहिबारको प्रिमियरमा रुचाईएको यो चलचित्रले शुक्रबार र शनिबार दर्शकबाट गज्जबको प्रतिक्रिया पाएको छ । कलाकारहरु दर्शकसँग साच्छात्कार गर्न शनिवार राजधानीका विभिन्न हलमा पुगेका थिए । नव निर्देशक सुयोग गुरुङ्गले तारिफ पाएका छन् । उनले राम्रो चलचित्र बनाएको दर्शकले बताएका छन् । नायक आयुष्मान देशराज जोशीले पनि अहिलेसम्मकै उत्कृष्ट अभिनयको प्रतिक्रिया प्राप्त गरेका छन् । आयुष्मान र शिल्पाको जोडीलाई रुचाईएको छ । चलचित्रको संगीत पक्षले पनि राम्रो तारिफ पाएको छ । बेला बेला हाँस्ने दर्शकहरु चलचित्रको अन्त्यसम्म आईपुग्दा भावुक बनेका थिए ।
शुक्रबार अबिरल बर्षा भएपनि चलचित्रलाई शनिबार भने मौसमले साथ दिएको छ । शुक्रबार हलमा त्यति धेरै दर्शक नपुगेता पनि शनिबार भने मौसमले साथ दिँदा दर्शकको संख्या ह्वात्तै बढेको देखिएको छ । देशैभरका सिंगल तथा मल्टिप्लेक्समा शनिवार उत्साहित दर्शक देखिएका छन् । चलचित्रको ‘वर्ड अफ माउथ’ले आईतवार देखी हलमा दर्शकको अझै चाप बढ्ने बिश्वास लिईएको छ ।
‘सानो मन’ शुक्रबारदेखी देशैभरका मल्टिप्लेक्स सहित सिंगल स्क्रिनहरुमा एकसाथ रिलीज भएको छ । चलचित्र ‘म्यूजिकल लभ स्टोरी’मा बनेको छ । बिशेषत: युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको ‘सानो मन’लाई हरेक उमेर समूहका दर्शकले चलचित्रलाई उत्तिकै रुचाउने अनुमान गरिएको छ ।
यो चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यसै चलचित्रबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु