सिमान्त र श्रृजन त्रिपाठीको ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार

बाठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमामिरा देवी राईको शब्द, रहेको छ भने सोही गीतमा नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल रहेको छ । ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने’ बोलको गीतको भिडियोमा गायक सिमान्त र श्रृजनको अभिनय रहेको छ भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेकको छ । ‘हामीले स्रोता र दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोतारदर्शकको रोजाइमा मन पर्छ होला’ सिमान्त र श्रृजनले भने ।

‘मेरो दिल दुखायौ के पायौ’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जन भन्दा बढी गीत स्रोतारदर्शकको रोजाईमा परेका छन् । गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ’ले पनि स्रोतारदर्शकको माया पाउने आफू आशावादी रहेको छु । ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने’ बोलको गीतलाई हाईलाइस नेपालको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु