‘चिटिक्कै भाछु रे’ युट्युव ट्रेण्डिङमा

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७६, आईतवार

काठमाडौं । चर्चित गायिका गायिका सिन्धु मल्लले झण्डै १० बर्ष पछी नयाँ तिज गीत लिएर बजारमा आएकी छिन् । उनको भर्खरै ‘चिटिक्कै भाछु रे’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका सिन्धु मल्लको एकल स्वर रहेको छ भने गीतमा राज कुमार बगरको शब्द रहेको छ । गीतमा संगीत सुदम थापाको रहेको छ ।

सार्बजनिक चिटिक्कै भाछु रे को रिमेक गीतको भिडियोमा अहिलेकि चर्चित नायिका आचल शर्माले अभिनय गरेकी छिन् । आचललाई यस म्युजिक भिडियोमा रातो सारिमा चिटिक्कै देखिएको छ । भने गीतमा उनको कम्मर मर्काईले सबैको ध्यान खिथिएको छ । भिडियोलाई शिव बिकले कोरियोग्राफी र निर्देशन गरेका छन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु