‘तनाबै तनाब छ’ भन्दै आए गायक विश्वराम कार्की

म्यूजिक खबर
प्रकाशित: १९ असार २०८१, मंगलवार १५:३२

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । ‘तनाबै तनाब छ’ बोलको गीतको भिडियो उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन बिसाल निरौलाले गरेका हुन् ।

सिर्जन बरालको निर्देशन रहेको भिडियोमा गायक कार्कीसँगै मोडल सुश्मा रोक्का, मेगेन्द्र सुबेदी र ईन्द्र तामागंलाई देख्न सकिन्छ । करण चैशिरको छायांकन रहेको भिडिओ अमृत चापागाईले सम्पादन गरेका हुन् ।

सार्वजनिक भएको भिडियोको प्रतिकृया निकै राम्रो छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु