
काठमाडौं । रिता केसी- नेपालको गायन फाँटमा परिचित नाम हो । लोक, आधुनिक पप र चलचित्र गरि सबै विधाका गीतमा उनको स्वर उतिकै फिट छ । एक दशकभन्दा बढी समय निरन्तर नेपाली संगीत यात्रामा क्रियाशिल रहेकी रिताले यतिबेला निकै नै कर्णप्रिय गीत ‘बनको चरी बनैमा’ सार्वजनिक गरेकी छिन् ।
तारा डाँगीको सुन्दर शब्दहरु रहेको उक्त गीतमा रिता सुमधुर स्वर सुन्न सकिन्छ । राजकुमार बगरले संगीत गरेको उक्त गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । रामकुमार केसीले छायांकन गरेको भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छिन् ।
गीतलाई रिता केसी युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् । जिवनमा संगीतको बदलामा केहि नसोचेकी रिताले यो गीत हेरेर, सुनेर प्रतिक्रिया दिन पनि अनुरोध गरेकी छिन् ।