सारिकाको शब्द, स्वर र सङ्गीतमा ‘दिल टुट्यो कसरी भनुँ’ सार्वजनिक! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७५, सोमबार

गायिका तथा नायिका सारिका घिमिरे दिल टुटेको कसरी भनु भन्दै आएकी छन् । उनको सार्वजनिक नयाँ गीतमा उनी यसो भन्दै आएकी हुन् । सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुट्यो कसरी भनुँ’ को गीतको भिडियो सार्वजनिक भएको हो । विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

गतवर्ष मोहनी एल्बम स्रोता/दर्शकमाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ अग्लाएकी अभिनयसँगसँगै गायनमा पनि व्यस्त रहेकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु