महानगरपालिका र म्यूजिक नेपालको सहकार्यमा ‘सम्झनामा तारादेवी’

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७८, सोमबार
Prashana Shakya

काठमाडौं । १६औं पुण्य स्मृतिका अवसरमा तारादेवी स्मृति फाउण्डेशनले आयोजना गरेको काठमाडौँ महानगरपालिकाको सहकार्यमा साथमा म्युजीक नेपालको सहकार्यमा “सम्झनामा तारादेवी“ कार्यक्रममा एक दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, गायक गायिकाले तारादेवीद्वारा स्वरबद्ध गीत गाए।

गायिका गीता पाण्डेले राष्ट्रकबि माधव घिमिरेको शब्द तथा नातिकाजीको संगीत तथा शुभ बहादुर सुनामको संगीत संयोजक रहेको गीत ‘फूलको थुँगा…’ गीत प्रस्तुत गर्दा साथै सोहि गीतमा अन्त्यमा स्वर किन्नरी तारादेवीको बायोपिक आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुत गर्दा माहोल निकै भाबुक भएको थियो।

यस्तै प्राश्ना शाक्यले चादनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको“ उकाली ओरालीहरुमा” बोलको गीत गाउदा माहोल निकै तताइन्। प्रस्तुतिकै क्रममा जीना रसाईलीले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘आमा भएर बाची हेर ’ प्रस्तुत गर्दा माहोल निकै जमेको थियो।

कार्यक्रममा पाँचवटा युगल प्रस्तुति गरिएको थियो जसमा माननीय रामबिर मानन्धरले गायिका गीता पाण्डे संग ुमुश्कानका लहरहरुु साथै गायिका प्राश्ना शाक्यसंग ुतिम्रो नाम अझै छ ओठमाु युगल गीत प्रस्तुत गर्दा तारादेवीको सम्झनाले कार्यक्रमस्थल तारादेवीमय बनेको थियो।

यस्तै गायिका सरस्वती मानन्धर, लजना मानन्धर, रेकिषा के।सी, पुष्मा नेपाली साथै गायक सुरेश मानन्धर, धर्मरत्न मानन्धर, किशोर बिश्वकर्मा लगायतको प्रस्तुतिमा दर्शक अझै झनै रमाए।

कार्यक्रममा रचनाकार किरण खरेल, चादनी शाह, रत्नशम्सेर थापा, चेतन कार्की लगायत संगीतकार नातिकाजी, गोपाल योञ्जन, शुभबहादुर सुनाम, शिवशंकर तथा अम्बर गुरुङका गीतहरु कार्यक्रममा गुन्जिए।

काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा गीत संगीतलाई सधै महानगरपालिका सहयोग गर्ने बाचा गरे। यस्तै फाउण्डेशनका अध्यक्ष दीपक के।सीले काठमाडौँ महानगरपालिकासंग मिलेर आगामी वर्ष फाउण्डेशनलाई घर बनाउन सहयोग हुने आशा गर्नु भयो।

कार्यक्रम अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी गरि कायम गरी कार्यक्रम समापन भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु