लकडाउनमा फेसबुक लाइभमार्फत मनोरन्जन गराउँदै राज सागर

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

काठमाडौं । हाम्रो मुलुक मात्र होइन विश्वमा नै कोरोना भाइरस ९कोभिड–१९० ले आक्रमण गरेको कारण लकडाउनको अवस्था सिर्जना भएको छ । सबै पेशा, तह र तप्काका मानिसहरु घरभित्रै बसीरहेको अवस्थामा कतिपय कलाकारहरु भने लकडाउनको समयलाई सामाजिक कार्य गरेर बिताएका छन् त कतिपय कोही गाउँतिर गएर खेतीपाती गरिरहेका छन् । कोहि भने कोही गाउँ जान नपाएर शहरमा नै लकडाउनमा थुनिएका छन् ।

यही सिलसिलामा जादुमयी स्वरका धनि गायक तथा संगीतकार राज सागर सामाजिक सञ्जालको सदुपयोग गरी आफ्ना फ्यान फलोअर्स र स्रोताहरुलाई मनोरञ्जन दिइरहेका छन् । डेढदशकदेखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका राज फेसबुक लाइभमा आएर आफ्नो गायन क्षमता उर्जा थपिरहेका छन् । खासगरी संगीत सिर्जना र गजल गायनमा विशेष दख्खल राख्ने उनी लकडाउनको शुरुमा भिडियो सार्वजनिक गरिरहेका थिए । हिन्दी तथा नेपाली कर्णप्रिय गीतहरु र समय सान्दर्भीक गीतलाई आफ्नो आवजामा सुनाउँदै आएका राजले पछिल्लो समयमा भने लाइभ प्रस्तुति दिन थालेका छन् । उनी लकडाउन भएयता चारंपटक लाइभमा आइसकेका छन् । उनी पहिलो पटक मे २३ मा लाइभ आएका हुन् । बजारमा आउन तयारी अवस्थामा रहेका गीतहरु सुनाउँछन् त कहिले बरिष्ठ गायक तथा गीतकारका लोकप्रिय गजलमा गुन्जिने गरेका छन् । लाइभ आएको दिन तथा परिवेशलाई ख्याल गर्दै उनले सुहाउँदा गीत गजल पस्किने गरेका छन् ।

दर्शकले अधिक मन पराएका गीतहरु छनौट गरेर सुनाइरहेका छन् । केही आफ्नो रोजाईमा त केही श्रोताको रोजाईमा गीत तथा गजल गाउने गरेका छन् । उनलाई जादुमयी स्वर सुन्नका लागि लाइभमा हजारौं मानिसहरु जोडिने गरेका छन् । सेल्फ क्वारेन्टाइनमा बसिरहेका राजले फेसबुक लाइभमार्फत नै कोरोनाको त्रास कम गर्ने प्रयास गरिरहेका छन् ।
लकडाउनका क्रममा घरमा बसेर बोर फिल गरिरहेका दर्शकहरु तथा श्रोताले उनको आवाजलाई निकै रुचाइरहेका छन् । मिठा मिठा गीत तथा गजल सुनाउँदै उनले कोरोनाप्रति सतर्क रहनका लागि घरमैं बस्न सन्देश दिइरहेका छन् । पछिल्लो समय फेसबुकमा लाइभ आउन आफु पल्किएको पनि बताएका छन् । हुनपनि फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालले सेलिब्रेटीहरुलाई आफ्ना फ्यानहरुसँग प्रत्यक्ष जोडिन उत्कृष्ट प्लेटफर्म बनेको छ । उनको लाइभ भिडियोलाई हजारौं भिवर्स कमाएका छन् भने भने थुप्रैले शेयर गर्ने गरेका छन् ।
राज सागरको फेसबुकमा जानको लागि यहाँ क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु