कलाकार सिर्जुले खोलिन् ‘क्यान्टिन क्लाउड किचन’, ‘टेक अवे’ र ‘होम डेलिभरी’ हुने

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७९, बिहीबार

काठमाडौं । सांगीतिक क्षेत्रकी भर्सटायल कलाकार सिर्जु अधिकारीले ‘क्यान्टिन क्लाउड किचन’ सञ्चालनमा ल्याएकी छिन् ।
काठमाडौंको बालुवाटार, चण्डोलमा (पन्चकन्या टोल, पुलिसबिट नजिकै) सञ्चालनमा रहेको यस किचनले हाल ‘टेक अवे’ र ‘होम डेलिभरी’मार्फत मात्र आफ्ना परिकारहरू पस्किने छ ।

‘क्यान्टिन क्लाउड किचन’मा एसियन कुजाइनका मुख्य परिकारहरु उपलब्ध छन् । चाउमिन, फ्रेन्च फ्राई, हम्स् र्याप, पुलाउ, पालक पनिर, कुल्छा नान, पाउ भाजी, स्टर फ्राई ग्रिन बिन्स, एग करी, बटर चिकन, ओरेन्ज चिकन लगायतका परिकार पाइनेछन्।

मानिसहरुको व्यस्ततालाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याएको सिर्जुले बताइन् । ‘टेक अवे’ र ‘होम डेलिभरी’ मा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिएको समेत सिर्जुले जानकारी गराइन् ।
थप जानकारी बुझ्न र सेवा प्राप्त गर्न चाहेमा ‘क्यान्टिन क्लाउड किचन’मा अर्थात गायिका सिर्जु अधिकारीलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क नं. – ९८२३५९९२७० रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु