गायिका सिर्जुले गरिन् एनजिओ कन्सल्ट्यान्ट सुबाससँग विवाह

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७९, बुधबार

काठमाडौं । गायिका एवं संगीतकार सिर्जु अधिकारीले गुपचुप विवाह गरेकी छन् । क्युट, चुलबुले एवं मिलनसार गायिका सिर्जुले एनजिओ कन्सल्ट्यान्ट सुबास कार्कीसँग बिवाह गरेकी हुन् । उनीहरुको विवाह असार ३२ गते शनिबार भएको हो ।

पारिवारिक सदस्य, नजिकका आफन्त र निकट साथीहरूको सानो जमघटमा उनीहरुले विवाह गरेका हुन् ।
डा. माधवकुमार कार्की र नीता कार्कीका छोरा सुबाससँग सिर्जुको एरेन्ज म्यारिज भएको हो । सिर्जुका अनुसार परिवारबाट एक महिना अघि कुरा आएको हो । तर उनीहरुबीच करिब एक हप्ता एक अर्कालाई चिन्ने समय छुट्याए । त्यसपछि परिवारको रोजाईलाई नै सिर्जु र सुबासले पनि आफ्नो रोजाई र खुशी बनाए ।
सिर्जुको बिहेमा संगीतकर्मीहरुको खासै उपस्थिती थिएन । किन गुपचुप विवाह गरिन् त्यो त सिर्जुलाई नै थाहा छ तर पनि हाम्रो तर्फबाट क्युट सिर्जु र सुबासलाई बैबाहिक जीवनको लाख लाख शुभकामना ।

लोक, आधुनिक दुबै जनरा स्वर दिएकी र संगीतकारका रुपमा पनि सक्रि रहेकी सिर्जुका नजरैले हानेर, माइतीको सम्झना, खोलाखाल्सी हे माया, हाई मेरी प्यारी, दैब हे दैब, लगायतका गीतहरु चर्चित छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु