किन लाग्यो आर्यन र आकाशको नजर सिर्जुमाथि ?

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७८, बुधबार

काठमाडौं । अभिनेताद्वय आर्यन सिग्देल र आकाश श्रेष्ठको नजर यतिखेर गायिका सिर्जु अधिकारीमाथि लागेको छ । गायिक सिर्जु अधिकारी दुई नायकसँग स्क्रिन सेयर गरेपछि उनीहरुको नजर लागेको हुन सक्छ ।

गायिका सिर्जु अधिकारीले ‘नजरैले हानेर’ बोलको आफ्नो नयाँ गीतमा अभिनेता आर्यन सिग्देल र आकाश श्रेष्ठसँग स्क्रिन सेयर गरेकी हुन् । गायक प्रविन बेडवालसँगको स्वरको सहकार्यमा उनले आफ्नै युट्युव च्यानलबाट उक्त प्रेमगीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द तथा संगीत गायिका सिर्ज अधिकारीकै रहेको छ भने संगीत संयोजन आशिष अबिरलको रहेको छ ।

कविराज गहतराजको निर्देशन रहेको भिडियोमा गायिका सिर्जुलाई मोडलको रुपमा देख्न सकिन्छ । दीपक राज सुनारको कोरियोग्राफी रहेको भिडियोमा गोमा केसीको लगानी रहेको छ । गोमा गायिका सिर्जुको आमा हुन् । गायिका सिर्जुले चलचित्र क्षेत्रका लोकप्रिय नायकद्धयलाई लिएर काम गर्ने इच्छा पहिलेदेखि भएकाले त्यो पुरा गरेको बताइन् ।

गीतले दुई दिनमा १ लाख ४३ हजार बढी भ्युज पाएको छ । स्रोता एवं दर्शकबाट पनि राम्रो प्रतिक्रिया आएको बताउँदै त्यसले आफू उत्साहित भएको उनले बताईन् । सौरभ लामाको छायाँकन रहेको यस गीतको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु