मौलिक तीज गीत ‘हाई मेरी प्यारी’

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७७, बिहीबार

काठमाडौं । पछिल्लो समय तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । सार्वजनिक भएका र धेरै भिवर्स कमाएका धेरै गीतहरुलाई हेर्ने हो भने तीजमा रक शैलीलाई मिश्रण गरेको पाइन्छ । यस्तै गीतहरुलाई श्रोताले रुचाउँछन् भनेर रक शैलीका गीतलाई प्राथमिकता दिने हो भने एक दिन तीज गीतको वास्तविक मर्म भोलीको पुस्तालाई थाहापत्तो हुने छैन । तर यस्तै भड्किलो तीज गीतको भिडमा पनि केहि मौलिक तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यहि क्रममा गायिका सिर्जु अधिकारीले ‘हाई मेरी प्यारी’ बोलको मौलिक गीत सार्वजनिक गरेकी छिन् । सिर्जुलाई अर्की चर्चित गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । माण्डवी र सिर्जुले दिदी बहिनीको भूमिकामा रहेर गाएको उक्त गीतमा यसपालीको तीजलाई कोरोनाको कहरले निम्त्याएको समस्यालाई जोडिएको छ ।
‘हाई मेरी पियारी’भिडियो हेर्नुहोस :

‘भिवर्स र चर्चाका लागि देशको सांस्कृतिक पक्षलाई धुमिल बनाउन बनाउनु हुँदैन । आज चर्चा कमाइएला भोली त हाम्रो मौलिकता हराएर खोज्नु पर्ने अवस्था आउनेछ । यहि सोचले नै हाम्रो टिमले यो गीत गरेका हौं । तर गीत सार्वजनिक भएसँगै सबैले रुचाइदिनु भएको छ । खुशी छु । सबैलाई धन्यवाद दिन चाहन्छु ।’ गायिका सिर्जुले हामीसँग भनिन् ।
करण न्यौपानेको शब्द र भाकामा रहेको उक्त गीतमा वास्तविक तीज गीतको मर्म भेटिन्छ । गीतको संगीत संयोजन बिपिन आचार्यले गरेका हुन् ।
अशोक बि।क द्वारा निर्देशित यस गीतको भिडियो सम्पादन रबिन बि.क. ले गरेका छन् । भिडियोमा गायिका सिर्जु अधिकारी, रक्षा श्रेष्ठ र भीम पौडेलको अभिनय रहेको छ ।
कोरोनाका कहरका कारण यो साल दिदी बहिनीको भेट हुन नसकेपनि अर्को सालको तीजमा भेट्ने, नाँच्ने गाउने भन्ने भाव गीतमा देखाइएको छ ।
गीतको भिडियो गायिका सिर्जुले आफ्नै युट्युब च्यानल मार्फत सार्वाजनिक गरेकी हुन् । गीत सार्वजनिक भएसँगै वास्तविक तीज गीत, मौलिक गीत भन्दै सकारात्मक प्रतिक्रिया मिलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु