कमल सरगमको शब्द, शिब हमालको लय, बद्री पंगेनी र सिता श्रेष्ठको आवाजमा ‘माइत जाम’

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ ।

लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ ।
गीतमा अभिनय भने चर्चित हास्य पात्रा यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ।भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।
गितको भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु