गर्भावस्थामा रमाइरहेका शितल र सुशिलको आकर्षक फोटोसुट, ‘बेबी सावर’मा कलाकारहरुसँगै बने रोमान्टिक (भिडियो /फोटोफिचर)

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०८०, शनिबार
Sittal Sharma-Sushil Regmi

काठमाडौं । लोकप्रिय गायिका एवं उद्घोषिका शितल शर्मा यतिबेला गर्भावस्थामा रमाइरहेकी छिन् । यो अवस्थामा शितललाई भरपुर साथ दिइरहेका छन् उनका श्रीमान अर्थात् इन्जिनियर एवं राजनीतिज्ञ सुशिलचन्द्र रेग्मीले । सामाजिक सञ्जालमा उनीहरुले गर्भ ९ महिना पुग्नै लाग्दा एक अर्कासँग एकदमै खुशी शेयर गरिरहेका देखिन्छन् । यो समयलाई थप विशेष र मेमोरेबल बनाउनका लागि फोटोसुट समेत गराएका छन् । फोटोसुटमा शितल र शुशील अझ प्रेमील र आकर्षक देखिएका छन् । बुबा–आमा बन्दैछौं भन्ने अनुभव शेयर गर्दा सुशिल र शितल दङ्ग छन् ।

‘पहिलो पटक आमा बन्दा बेग्लै अनुभूति र एक प्रकारको डरका साथै खुशी पनि लाग्दो रहेछ’– शितलले भनिन् । यहि भिन्न किसिमको अनुभूति, डर र खुशीलाई जीवनभरका लागि यादगार बनाउनका लागि उनीहरुले बेबी सावर पनि मनाएका छन् । कहिले आफन्तका बीचमा त कहिले साथीहरुका बीचमा । यहि क्रममा सुशिलले शितलका सांगीतिक क्षेत्रका विशेष र निकट साथीहरुको बीचमा ‘बेबी सावर’ को आयोजना पनि गरिदिए ।
बार्दली रेष्टुरेष्ट अनामनगरमा आयोजना गरिएको बेबी सावरमा शितलका निकटका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जहाँ सांगीतिक क्षेत्रका लोकप्रिय र चर्चित थुप्रै अनुहारहरुलाई देख्न सकिन्थ्यो ।
लोकप्रिय गायक बैकुष्ठ महत, लोकप्रिय कलाकार सम्झना बुढाथोकी, निरु खड्का ‘ठ्यासकुमारी’, लोकप्रिय गायिकाद्वय रिता केसी र एन्जिला रेग्मी, मोडलहरु रिना थापा मगर, उषा सुवेदी, रुबिना अधिकारी, सञ्चारकर्मीहरु सुमन बैरागी पण्डित, सबिता पोखरेल, किस्ना आचार्य रोशनी लगायत अन्य थुप्रै स्थापित र नाम चलेका कलाकारहरुले बेबी सावरमा रमाइलो गरेका थिए ।
गायिकाद्वय रिता केसी र एन्जिला रेग्मीले गीतबाटै शितललाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै कलाकारहरु सम्झना बुढाथोकी, निरु खड्का र सञ्चारकर्मी सबिताले भने शितल र सुशिललाई शब्दगुच्छाद्वारा बधाई र सुरक्षित डेलिभरीको कामना गरेका थिए ।

इन्जिनियर शुशिल चन्द्रसँग विवाह गर्दै गायिका शितल


आमा बन्नुलाई सौभाग्य मानेर पनि यो पलललाई अबिष्मरणीय बनाउनका लागि बेबी सावर र फोटोसुट गरिएको शितलले बताईन् ।
बेबि सावरमा शितलले टु बि मम लेखिएको र सुशिलले टु बि ड्याड लेखिएको स्यास लगाएका थिए । पिच पिङ्क कलरको कम्बीनेसन भएको ड्रेस लगाएका उनीहरु निकै रोमान्टिक भएका थिए । बेबि सावरमा ब्लु र ग्रीन लगाइनुलाई छोरा हुने संकेत र पिङ्क कलरको प्रयोग गरिनु छोरीको संकेतको रुपमा बुझिने गरिएको छ । यसर्थ शितलको गर्भमा सानी शितल हुर्किरहेको अनुमान लगाउन सकिन्छ । चाहे सानी शितल हुन् या, सानो सुशिल । जे भए पनि म्यूजिक खबर परिवार सुन्दर धर्तीमा शिशुलाई स्वागत गर्न चाहन्छौं र सुरक्षित डेलिभरीको कामना गर्दछौं ।
पानीजहाज, महारानी, शितलु लगायतका गीतहरु मार्फत प्रशस्तै फ्यान कमाउन सफल भएकी बाग्लुङकी शितल र धादिङका सुशिलको २०७८ साल मङ्सिर २५ गते विवाह भएको थियो ।



फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु