‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ ‘भाग २’पछि शिव परियारको स्वरमा ‘निष्ठुरी’ लिएर आए रवि

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

काठमाडौंं । संचारकर्मी रवि अधिकारीको शब्द रहेको रहेको ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ ‘भाग २’को अपार सफलता पछी नयाँ गीत ‘निष्ठुरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय गायक शिव परियारको आवाजमा रहेको छ भने सोही गीतमा दिपक शर्माको संगीत रहेको उक्त गीतमा रिदम कँडेलको संगीत संयोजन रहेको छ । गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ । गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिका हुन्छन् । पछी स्नेहाको भेट सफल उद्योगपती जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छन् । एक सामान्य युवा उत्सव पछी नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछी लाग्द धोका पाउछे र फेरी उत्सवको जीवनमा फर्किन चाहदा उत्सवले अस्विकार गर्छन् ।

उक्त गीतको भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् । माया, प्रेम र धोकाको कथा बोकेको ‘निष्ठुरी’ बोलको उक्त गीत नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु