गुरुआमा निर्देशित आसुको शहर सार्बजनिक // भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७६, बिहीबार
काठमाडौ, दर्शकहरुले एकदमै रुचाएको साथै लोकदोहोरिमा निकै चर्चा पाएको गित हो आशुको काराखाना दर्शकहरुको मागलाई मध्यनजर गर्दै उक्त टिमले आशुको कारखाना भाग २ आशुको शहर भर्खरै बजारमा ल्याएकाछ्न।
नेपालकै महँगि गायिका बिष्णु माझी र अर्जुन कुवर ( पित्री बूढो)को आवाज रहेको यो गितमा चर्चित सर्जक गणेश अधिकारीको लय तथा शब्द रहेकोछ।
योग्सना डिजिटल म्युजिक प्रा लि ले बजारमा ल्याएको यो गित अर्जुन कुवर ( पित्री बूढो)र सागर पौडेल को संयुक्त एल्बम हो साथै दिपा टन्डन विशेष सहयोगिको भुमिकामा रहेकी छिन। चर्चित निर्देशक स्मृति तिमिल्सिना( गुरुआमा) ले निर्देशन गरेको यो गितमा आशिर प्रताप जङ्ग, सारिका के सि, सेर बहादुर डि सि, रिहान शन्कर र सागर पौडेलको दमदार अभिनय रहेको छ भने आर्जु कुवरले बाल कलाकारको भुमिका निभाएकी छिन।
सुरेश श्रेष्ठको छायांकन, श्याम मल्लको श्रृङ्गार, र सुजन शाहिको सम्पादन रहेकोछ।उक्त गित अर्जुन कुवर( पित्री बूढो) नामको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएकोछ हेर्नुहोस उक्त गितको भिडियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु