स्मिता दाहालको ‘तिमी कहाँ छौ’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७६, बुधबार

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ सार्वजनिक भएको छ । गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर रहेको छ । दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा राजनराज शिवाकोटीको सङ्गीत रहेको छ ।

उक्त गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका छन् । मायालु तिमी कहाँ छौ गीतको म्यूजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा बुढाथोकीको अभिनय रहेको छ । गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् भने विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । सन्देश शाहको सम्पादन रहेको उक्त भिडियोमा कलर संयोजन रेनीश फागोले गरेका हुन् । गीतको भिडियोलाई गजाबको यूटुबच्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु