• स्मृति र लोकन्द्रको ‘सिन्धुलीको जुनारै रसिलो’

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं । सिन्धुली जिल्ला जुनारको लागि प्रख्यात मानिन्छ । यही जुनारको कथामा धेरैले गीत निर्माण गरेका छन् । बजारमा निकै चर्चा पनि पाएको छ सिन्धुलीको जुनारले । गायिका स्मृति गौतम र गायक लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुललीको जुनारै रसिलो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

    डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुको रहेको छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएको हो ।

    गीतमा सन्जिव ठकुरिको निर्देशन तथा करियोग्राफि रहेको छ भने सन्जिव ठकुरी स्वयम र आयुष्मा कार्काीको अभिनय रहेको छ । प्रकाश खड्काको छायांकन र पदम सुवेदीले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु