स्नेहाको रुपैको जादूमा किन झुक्किए मेक्सम (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ३० बैशाख २०७६, सोमबार

काठमाडौं । स्नेहा पौडेलको कुरा गर्ने वित्तिकै बयान गर्ने ठाउँ नै छैन । उनको रुपको जादूभित्र यतिखेर गायक मेक्सम खाती झुक्किएका छन् । तिम्रो रुपैको जादूमा भन्दै गायक मेक्समले स्नेहा पौडेलतर्फ इशारा गरेपछि यतिबेला चर्चाको विषय बनेको छ ।

कुरा ‘तिम्रो रुपैको जादू’ बोलको गीतको म्यूजिक भिडियोको हो । जसमा गायक मेक्सम खाती र मोडल स्नेहा पौडेलको केमेस्ट्रीले भिडियोलाई जीवन्त बनाएको छ । मेलिना राई र गायक मेक्सम खातीकै स्वर रहेको यस गीतको म्यूजिक भिडियोमा गायकसँगै स्नेहाले नृत्य गरेकी छन् । नरेश खातीको संगीत, कुमार पौडेल पिरोको शब्द रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको यो गीतलाई गायक मेक्समले निकै आशा बोकेको गीतको रुपमा लिएका छन् ।

लोकदोहोरी गायक भनेर चिन्ने गरेको भए पनि उनी संगीतमा साधनारत विद्यार्थी हुन् । आफूलाई आधुनिक शैलीमा नै उभ्याउन उनले गुरुदेव कामतसँग लामोसमयदेखि संगीतको शिक्षा लिइरहेका छन् । यतिबेला फिल्मी शैलीको गीतमा आफूलाई प्रस्तुत गरिरहँदा धेरैबाट हौसला मिलेको बताएका छन् ।
तिम्रो रुपैको जादू’ गीतको भिडियोलाई शिशिर खातीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । यस भिडियोको छायाँकन शंकल भुजेल र सम्पादन वनिश शाहको रहेको छ । भिडियोलाई गायक मेक्सम खातीले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु