• गायिका सोनिया डि सिको स्वरमा‘टल्कियो सितारा’ भिडियो सहित ।

    म्यूजिक खबर
    प्रकाशित: १३ श्रावण २०७६, सोमबार

    आर पोखरेल , काठमान्डाँै ।
    नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिदैँ गर्दा लोकप्रिय गायक सज्जन धामी र गायिका सोनिया डि सिको स्वरमा सजिएको मौलिक तिज गीत ‘टल्कियो सितारा ‘ गीत सार्वजनिक भएको छ ।
    सिमा चन्दको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा नारीहरुको महान पर्व हरितालिका तिजको महिमालाई प्रस्तुत गरिएको छ । आफनी आफनी मायालुलाई सितारा भएको सारीमा सजिदा संसारकै सुन्दर नारी देखीएको कुरा गायकले गीतमा भनेका छन ।
    विरेन्द्र परियारको छायाँकन , राजेश कुमारको सम्पादन तथा दिनेश ठकुल्लाको निर्देशनमा भिडियोमा रहेको छ । ‘टल्कियो सितारा ‘ गीतको भिडियोमा प्रिती र महेशको नृत्य रहेको छ ।

    ‘टल्कियो सितारा ‘ गीतको पुरा भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु