तीजको छेकोमा महिला हितको लागि बुलन्द सांगीतिक ‘आवाज’

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७९, सोमबार

नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् । सांगीतिक माहौल पनि तीजमय बनेको छ । तर २ वर्ष अघि ‘अबको तिज नो ब्रत प्लिज’ बोलको तिज गीत गाएर चर्चामा आएकी गायिका सोफिया थापा यहि घडिमा भिन्न शैलीमा आएकी छिन् ।

उनले यस वर्षको तीजमा पहिले परिस्थिती परिर्वतन गर्नु पर्ने अनि मात्रै चाड पर्व मनाउने सकिन्छ भन्ने बुलन्द ‘आवाज’ उठाएकी छिन् । महिलाहरुले आफ्नो हितको आवाज खोज्दै अभिव्यक्ति दिनुपर्ने आवश्यकतालाई महसुस गर्दै ‘आवाज’ बोलको गीत सार्वनजनिक गरेको बताइन् ।

गीतमा कवि एवम् गीतकार रमेश क्षितिजका शब्दहरु रहेका छन् । गीतकार क्षितिजले ‘नो ब्रत’ गीत सुनेपछि प्रभावित भएर गीतका शब्दहरु उपलब्ध गराएको गायिका थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । यसै गरी गीतमा हरि लम्सालको संगीत रहेको छ । नायिका शोभिता सिम्खडा विशेषरुपमा दृश्यमा समेटिएकी छन् भने ग्राफिक्स भरत रेग्मीको रहेको छ ।

महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्र महिलाले नै महसुस नगरेसम्म परिस्थिति नबदलिने सन्देश उनको ‘आवाज’ गीतले दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु