यशराज र रिचाको “नबोलेर पिरती बस्ला जस्तो भो” !

म्यूजिक खबर
प्रकाशित: ११ मंसिर २०७५, मंगलवार
आफू संग लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै गायक जिबि दुलालले आफ्नो पहिलो गीत “नबोलेर पिरती बस्ला जस्तो भो” सार्वजनिक गरेका छन।  काम संग संगै गीत संगीतमा केही गर्ने अठोटका साथ उनी अघि बढी रहेका छन। यस गीतमा स्वर जिबि दुलालको रहेको छ भने शब्द र संगीत जिबि दुलाल, लाल कुमार बराल र डिआर सुजनको रहेको छ।
“नबोलेर पिरती बस्ला जस्तो भो” गीतको एरेन्जमेन्ट हेमन्त शिशिरले गरेका हुन । मोडल तथा नायक यशराज गराच र रिचा थापाले अभिनय गरेको यस गीतको भिडियोमा  लगानी भने बुद्धिश्रि दुलाले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको  भिडियोलाई प्रदिप श्रेष्ठले करियोग्राफी गरेका हुन भने क्यामेरामा कैद भने शिव ढकालले गरेका हुन।

 

‘सर्वोत्कृष्ट भाका’ को अवार्ड गणेश चौलागाईंलाई !

‘सर्वोत्कृष्ट भाका’ को अवार्ड गणेश चौलागाईंलाई !

काडमाडौं । लोक गीतको क्षेत्रमा ‘शब्द’ र ‘सर्वोत्कृष्ट भाका’ मार्फत् आफूलाई क्रियाशिल बनाइरहेका सर्जक हुन् गणेश चौलागाईं । उनले लेखेका र भाका भरेका दर्जनौं लोकदोहोरी गीतहरु हिट भएका छन् ।

यसरी नेपाली लोकदोहोरी क्षेत्रमा समर्पित रहँदै आएका गणेश चौलागाईंले ‘नवौ बिन्दबासिनी म्युजिक अवार्ड २०७५’ अन्तर्गत ‘सर्वोत्कृष्ट भाका’ को अवार्ड जित्न सफल भएका छन् । चौलागाईंले ‘मायाजालमा फसेको’ बोलको गीतबाट अवार्ड उचाल्न सफल भएका हुन् ।
अवार्ड समारोहमा विभिन्न प्रतिस्पर्धी ३३ विधामा अवार्ड प्रदान गरिएको थियो ।

गणेश बिगत निकै समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । चौलागाईंका सानु पत्याउ अब त, पागलै बनौंला, दसै र तीहार घर खर्च, चरी वनमा, आफ्नो भन्न कैहिल्यै पाइएन, नुवाकोटे नानी, आकाअसैमा लाखौ तारा छन, रुँदा आँशु बन्यो गंगा झै, कुहुकुहु कोइली गाइदिन्छ, तिमी बिना भन्थे बाच्दीन, परीश्रमी मजदुर युवा हो, शहर लाई के थाहा (गजल) नरोइ बस मेरी सानु, लगायत तीन दर्जन गीतहरु लेखिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु