
एजेन्सी। विश्वचर्चित गायक जस्टिन बीबर गम्भीर रोगको शिकार भएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत जस्टिनले आफु बिरामी भएको कुरा र आफ्नो रोगबारे बताएका हुन् । रोगका कारण छाला, दिमाग, शरीरको इनर्जी र समग्र स्वास्थ्य प्रभावित भएको छ ।
उनलाई ‘लाइम डिजीज’ नामको एक दुर्लभ रोग लागेको हो । धेरै व्यक्तिहरु भन्दै थिए कि जस्टिन बिबर एकदम फोहोर देखिएको छ, तर म बिरामी छु भन्ने कुरा देख्न सकेनन्। हालसालै मेरो शरीरमा ‘लाइम डिजीज’ देखा परेको छ।
यति मात्र नभई ‘क्रोनिक मोनो को पनि सीरियस केस थियो। जसको कारण मेरो छाला, दिमाग, शरीरको उर्जा र समग्र स्वास्थ्य यस रोगबाट प्रभावित भएको छ।’ उनले अन्तवार्तामा यस रोग को बारेमा चाडै नै ‘डक्यूमेंट्री सीरीज’ निकाल्ने बताएका छन् ।