सुवर्ण कुमारको शब्द, संगीत र स्वरमा ‘माया बनेर‘ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार १९:४३

काठमाडौं । गायक सुवर्ण कुमारले आफ्नो स्वरमा नयाँ गीत ‘माया बनेर‘को भिडियो सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियोमा उनले नारी स्वर भने एआईबाट राखेका छन् । यो एआईसँगको आफ्नो नयाँ प्रयोग भएको पनि सुवर्णले बताए । गीतको पुरुष स्वरसँगै संगीत र शब्द पनि सुवर्ण कुमारकै रहेको छ ।

यो गीतको भिडियोमा कलाकारहरु शिव राउत, सञ्जिता केसीसँगै अशोक राना मगर, रश्मी सुन्दास, ईश्वर थापा र चन्द्र मगरको अभिनय रहेको छ । गीतमा प्रेममाथि शंकासँगै त्यसले निम्त्याएको समस्या देखाइएको छ । वियोगान्त भावको गीत लागे पनि यसको भिडियोमा जोडीलाई मिलन गराईएको छ ।

भिडियोलाई मनराम केसीले निर्देशन गरेका छन् । एस कुमारको सम्पादन तथा छायांकन रहेको यो गीतको भिडियोको निर्माता अशोक राना मगर हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु