सुबिन्द्र केसीको पहिलो एल्बम ‘आरोहण’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

काठमाडौं– झण्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार हुन् सुविन्द्र केसीको पहिलो गीति एल्बम ‘आरोहण’ काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विमोचन गरिएको छ । गीतकार दिनेश अधिकारी, गायक रामकृष्ण ढकाल, संगीतकार राम सिटौलासहितका व्यक्तले गायक केसीको स्वरमा रेकर्ड गरिएका आधुनिक शैलीका सात वटा गीतहरु समावेश गरिएको उक्त गीति एल्बम विमोचन गरेका हुन् ।
२०६९ सालमा पहिलो गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा सक्रिय भएका गायक केसीले पछिल्लो समय संगीतको प्रशिक्षणमै बिताएका छन् । आधा दर्जन सांगीतिक गुरुहरुसंग प्रशिक्षण लिइसकेका गायक केसी अहिले पनि संगीतकार राम सिटौलासंग संगीतको प्रशिक्षण लिइरहेका छन् ।
लोकप्रिय गायक रामकृष्ण ढकालका गीतहरु सुन्दै हुर्किएको बताउने गायक केसीको गायकीमा समेत गायक ढकालको झझल्को पाउन सकिन्छ । आफ्ना गीतहरुमा गायक रामकृष्ण ढकालको छाप पर्न नदिन शुक्रवार विमोचन गरिएको आफ्नो गीति एल्बम ‘आरोहण’ का गीतहरु रेकर्डिङ गर्ने अवधिमा गायक केसीले गायक ढकालका गीतहरु नै सुन्न छाडेका थिए ।
गायक केसीले आफ्नै प्रेरणाका स्रोत गायक रामकृष्ण ढकालसहित वरिष्ठ व्यक्तित्वको हातबाट आफ्नो सांगीतिक जीवनकै पहिलो एल्बम ‘आरोहण’ विमोचन गराएका हुन् ।
बिन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन तथा विक्री–वितरण गरेको गायक केसीको ‘आरोहण’ गीति एल्बमका एल्बमका गीतहरुमा अर्जुन पोखरेल, राम सिटौला, महेश खड्का, टिका भण्डारी, श्रीकृष्ण बम मल्ल तथा गायक स्वयंद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । एल्बमका ती गीतहरुलँई बिपिन किरण, राम सिटौला, एकनारायण झण्डारी, डा।नवराज लम्साल, पुरुषोत्तम ढुंगेल तथा गायक केसीले रचना गरेका छन् ।
विमोचन समारोहमा एल्बममै समावेश गरिएको ‘उधारो वाचा‘ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री केकी अधिकारी तथा रञ्जित पौडेलले अभिनय गरेकी छिन् । उक्त गीतमा गायक केसीकै शब्द तथा संगीत सुन्न सकिन्छ । किरण कँडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
यस्तो छ भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु