
ललितपुर । सुबोध फाउण्डेशन यू.के.को आयोजनामा तयार गरिएको ‘सुबोधका गीतहरु’ युटुब सहित केही भजन तथा राष्ट्रिय गीतको लोकार्पण समारोह बुधबार ललितपुरको चाकुपाटस्थित युनिभर्सल इञ्जिनियरिङ्ग एण्ड साइन्स कलेजमा सम्पन्न भएको छ। युवा पुस्तालाई सिर्जनात्मक लेखन, प्रेरणा र सकारात्मक सोचतर्फ अगाडि बढाउने उद्देश्यले फाउण्डेशनले यो युट्युब च्यानल सहित गीत सार्वजनिक गरेको हो। सार्बजनिक सबै गीतका संगीत वरिष्ठ सङीतकार भुपेन्द्र रायामाझीको रहेको छ भने गीतकार ई. सुवोध तिमिल्सिनाले लेखेका हुन् ।
२०८२ मंसिर १७ बुधबार ललितपुरको युनिभर्सल इञ्जिनियरिङ्ग एण्ड साइन्स कलेजमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार प्रा. दीपक जंगम, तथा विशिष्ट अतिथि केशवराज राजभण्डारी, वरिष्ठ गायिका ज्ञानु राणा, मुकुन्द प्रसाद तिमिल्सिना लगायत व्यक्तित्वको उपस्थितिमा डायरीको औपचारिक लोकार्पण गरिएको थियो।
समारोहमा गीतकार सुवोध तिमिल्सिनाद्वारा रचित भजन तथा स्वदेशगानहरूको सांगीतिक प्रस्तुति पनि गरिएको थियो । जसलाई चर्चित वरिष्ठ गायिका गायक गायिका ज्ञानु राणा,वरिष्ठ गायक बिजय नारायण मानन्धर, गायक सुबाश मन्डल,गायक कमल बिष्ट,बाल गायिका सान्वी यादव लगायत ले आफ्नो सुरिलो स्वर मार्फत मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. जंगमले युवाहरूलाई सिर्जनशीलताबारे मार्गनिर्देशन गर्दै लेखन र गीत सङीत क्षेत्र देशलाई सम्बृद्ध बनाउने महत्वपूर्ण आधार हो भन्दै बेलायत बसेर पनि नेपाली गीत सङीत क्षेत्रमा योगदान पुर्याएको भन्दै गीतकार सुबोध तिमिल्सिनाको प्रसंशा गरेका थिए । विशिष्ट अतिथि नेपाल सरकारका पुर्ब मुख्य सचीव तथा निर्वाचन आयुक्त केशव राज राजभण्डारी र सफल ब्यवसायी मुकुन्द प्रसाद तिमिल्सिनाले साहित्यिक र सांस्कृतिक उत्पादनमार्फत युवाहरूलाई सकारात्मक बाटोमा लैजान फाउण्डेशनले गरेको पहलको प्रशंसा गरेका थिए ।
फाउण्डेशनका अध्यक्ष तथा गीतकार ई. सुवोध तिमिल्सिनाले आफ्ना गीत तथा भजनले युवालाई अनुशासन, नियमित लेखन तथा जीवनयात्राको अभिलेख राख्न प्रेरित गर्ने बताए । फाउन्डेसन ले इन्जिनियरिङ क्षेत्र मा सामाजिक क्षात्रबृत्ति मार्फत जेहेन्दार बिद्यार्थी लाई सहयोग गरिरहेको र अब निकट भबिस्यमा नै पुल्चोक इन्जिनियरिङ जलेज सङ सम्झौता को चरणमा रहेको जानकारी गराउनु भयो ११ बिश्व भरी रहेका अन्तर्राष्ट्रिय बिश्वबिद्यालय मा पनि क्षात्रबृत्ति उपलब्ध गराउने योजना पनि सुनाए ।
कार्यक्रममा कलाकार तथा श्रस्टाहरु लाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार प्रमोद ढुंगाना ,वरिष्ठ संचारकर्मी हेम सुवेदी , वरिष्ठ गीतकार गोपि कृष्ण थापा,वरिष्ठ पत्रकार प्रकाश गम्भीर सिंह रायमाझी ,गायक सरद पोखरेल,गायिका रितु कडेल, गायिका संगीता अधिकारी लगायत विभिन्न कलाकार, विद्यार्थी, समाजसेवी तथा दर्जनौँ आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई गायक तथा संचारकर्मी कपिल कसपालले संचालन गरेका थिए ।