जन्मोत्सवमा पूर्वमन्त्री किराँतीका गीत ‘पलपल बगिरहेछु’

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार
Sudan Kirati

काठमाडौं । पूर्व पर्यटनमन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर फागुन २६ गते शनिबार एक कार्यक्रमको आयोजना गरि आफैंले रचेको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक गरेका छन् । बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै मन्त्री किराँतीले ‘पलपल बगिरहेछु’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । गायक कन्काइष्ट राईको आवाजमा रहेको गीत ‘पलपल बगिरहेछु’मा संगीत भने शान्तिराम राईले दिएका छन् । गीतको संगीत संयोजन देवेश राईको संगीत संयोजन रहेको छ । गीतको रेकर्डिङ योगेन मुकारुङले गरेका हुन् भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका छन् ।
मतुवाली र आर्यन समुदायबीचको बाल्यकालको मायाप्रेमलाई बिथोल्न खोजिएता पनि कालान्तरमा उनीहरुको प्रेमले सार्थकता पाएको कथा भिडियोमा देखाउन खोजिएको छ । विशेषगरि पूर्वेली समाजमा देखिने वास्तविकतालाई उजागर गर्न खोजिएको मन्त्री किराँतीले बताए । गाउँवस्तिको सुन्दर दृश्य कैद गरिएको भिडियोमा आर्यान सिग्देल, मल्लिका महत आदिको अभिनय रहेको छ भने बालकलाकारमा उचित ढकाल, समृध्दि खड्गी, आएल्या शेर्पा रहेका छन् । भिडियोको सम्पादन बिकास धमलाको रहेको छ भने उत्तम हुमगाईले छायाँकन गरेका छन् । भिडियोको निर्देशन निकेश खड्काको रहेको छ ।
बिगतमा हजारौ श्रोता रुचिको सिर्जना पस्किसकेका गायक कन्काईष्ट राईले ‘पलपल बगिरहेछ’ बोलको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु