एरेन्जमा जस्तै संगीतमा पनि अब्बल सुदिप सागर

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७७, सोमबार

काठमाडौं । सुदिप सागर, जसको नाम लिने बितिकै नेपाली संगीतका एक कुशल एरेन्जर हुन् भन्ने सबैलाई सम्झना आउँछ । उनले एरेन्ज गरेका धेरै गीत हिट भएका छन् । ट्रेण्डिङमा आएका छन् । पछिल्लो समयमा उनले आफ्नो परिचयलाई एरेन्जरमा मात्र सिमित बनाएका छैनन् । उनले सफल संगीतकार समेत बन्ने औकात देखाएका छन् । प्रसंग हो २ दिन अगाडि मात्र सार्वजनिक भएको गीत ‘माया गर्छु है’ को । जुन गीत यतिबेला निकै चर्चामा आएको छ भने । उल्लेख्य भ्यूज समेत कमाएको छ । उक्त गीमा संगीत र एरेन्ज उनै सुदिप सागरले गरेका छन् ।


गीतमा कर्णप्रिय स्वरकी धनि बिन्दु परियारको स्वर रहेको गीतको शब्द एकनारायण भण्डारीको रहेको छ ।
उत्कृष्ट स्वर, संगीत र शब्दले शोभित उक्त गीतको भिडियो पनि उतिकै उत्कृष्ट बनेको छ । भिडियोमा नाजिर हुसेन, प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय र नृत्य रहेको छ । अर्जुन तिवारीको छायांकन गरेको भिडियोलाई सान थापाको निर्देशन गरेका हुन् । सुप्रीम पराजुलीले सम्पादन गरेको भिडियोलाई बिन्दु परियार युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु