• उत्कृष्ट ठहरियो सुदिप सागरको संगीत संयोजन, फूली नाकैमा अझै ट्रेन्डिङमा

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार
    Sudip Sagar

    काठमाडौं । ८ वर्षीय बाल गायिका आयुषा गौतम र लोकप्रिय गायक राजु परियारको स्वरमा रहेको दोहोरी गीत ‘फूली नाकैमा’ अहिले पनि ट्रेन्डिङको ५ औं नम्बरमा कायम रहेको छ । यूट्यूबमा अपलोड भएलगत्तै चर्चामा रहेको फूली नाकैमा २४ घन्टाभित्रमा ट्रेन्डिङको खुड्किलो चढ्दै अगाडि बढेको थियो । फागु पूर्णिमाको दिन मात्र ट्रेन्डिङको दोस्रो नम्बरमा प्रवेश गरेको फूली नाकैमा आज भने ५ औं नम्बरमा झरेको छ ।

    फूली नाकैमा गीतलाई प्रल्हाद सुवेदीले लेखेका हुन् भने डीआर सुजनको संगीत रहेको छ । जसको संगीत संयोजन (म्यूजिक एरेन्जमेन्ट) भने पछिल्लो समयका व्यस्त संगीत संयोजक सुदिप सागरको रहेको छ । पछिल्लो समयको दोहोरी गीतको लोकप्रियतालाई हेर्ने हो भने आशिष अबिरलको संगीत संयोजनको पाटो निकै अब्बल देखिन्छ । उनको एरेन्जमेन्टले सफलता पाएपछि दोहोरीमा उनकोजस्तै शैली पछ्याउनेहरु केही सफल देखिएका छन् । यही यात्रामा सुदिप सागरको संगीत संयोजनको यात्रा पनि सफल र उत्कृष्ट ठहरिएको देखिन्छ । हुन त सुदिप सागर लामो समयदेखि एरेन्जर (संगीत संयोजक)का रुपमा कार्यरत रहँदै संगीत उद्योगमा क्रियाशील छन् । उनको संगीतमा आएका गीत पनि चर्चामा रहेको पाइन्छ भने आधुनिक गीतमा उनको एरेन्जमेन्ट सफल छ । उनले गरेका तिज गीत, दोहोरी गीत पनि पहिलेदेखि नै सफल र चर्चामा छन् । तर पछिल्लो समयको डिजिटल मार्केटलाई हेर्ने हो भने ट्रेन्डिङ र मिलियन भ्यूजको दुनियाँमा उनी पनि पर्दै आएका छन् । केही समय सुदिपले नै म्यूजिक एरेन्ज गरेका थिए पानको पत्ता गीतमा । त्यो पनि दोहोरीमा अब्बल भएको थियो भने अहिलेको नाकैमा फूलीले पनि सफलताको चुली चुमेको छ । यसरी हेर्दा संगीत संयोजक सुदिप सागरको संगीत संयोजनको पक्ष पनि अब्बल ठहरिएको छ ।

    फूली नाकैमा गीतमा स्वर दिने गायिका आयुषा गौतम र राजु परियारको गायन पक्षसँगै अभिनय गर्ने अभिनेता सरोज खनाल र गायक कृष्ण कँडेलको प्रस्तुतिले पनि गीतलाई अझ चर्चामा ल्याएको हो । सतिस अधिकारीको भिडियो कन्सेप्टमा डीआर सुजनले भिडियोलाई निर्देशन गरेका छन् । शम्भू चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियो एसथ्रीके इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु