अनाथ बालबालिकाको सहयोगार्थ सुगम, वर्षा र तृष्णाको कन्सर्ट

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार २३:३४
sugam pokharel

काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल, नायिका वर्षा राउत र गायिका तृष्णा गुरुङ अनाथ बालबालिकाको सहयोगार्थ कन्सर्टमा जुटेका छन् । सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गरेको हो । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुने भएको हो ।

देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु